आर्थिक वर्ष ७६/७७ मा सिटिजन्स बैंक Citizens Bank International Limited को खुद नाफा २३.७३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ४६ करोड नाफा कमाएको सिटिजनको नाफा गत आर्थिक वर्षमा घटेर १ अर्ब ११ करोड कायम भएको हो ।
कोभिड १९ का प्रभावको कारण ठुलो रकम प्रोभिजन गर्नु परेकोले नाफा घटेको बैंकले उल्लेख गरेको छ । बैंकले ६७ करोड ७२ लाख प्रोभिजनमा राखेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ३६ लाख रहेको छ । यस हिसाबमा बैंकले करिब ९.८४ प्रतिशतको हाराहारीमा लाभांश बितरण गर्न सक्ने देखिन्छ । तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ ।
यस अवधिमा बैंकको संचालन मुनाफा पनि ३०.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले बढेर २ अर्ब ८८ करोड पुगेको छ । त्यस्तै बैंकको निक्षेप २५.५४ प्रतिशतले बढेर ८८ अर्ब ५१ पुगेको छ भने कर्जा प्रवाह २५.८४ प्रतिशतले बढेर ७९ अर्ब १६ करोड पुगेको छ । ९ अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ४ अर्ब २७ करोड रहेको छ । बैंकको खराब कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६ पुगेको छ ।
बैंकको प्रति शेयर आम्दानी १२.९२, मूल्य आम्दानी अनुपात १४.५५, प्रति शेयर नेटवर्थ १४७.०७, तरलता अनुपात २६.१७ प्रतिशत, र बेस्ट रेट ९.०४ प्रतिशत रहेको छ ।