सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषमा साँढे २ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 01:54:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरेना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले दूई करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ सहयोग गरेको हो । 

 बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्याक्रममा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताए । प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने मन्त्री खतिवडाले बताए ।

यसअघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई जम्मा ७६ लाख २४ हजार ६२० रुपैयाँ सहयोग गरीसकेको जानकारी दिएको छ । यसरी कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल तिन करोड ४३ लाख ५२ हजार ५१९ रुपैयाँ सहयोग प्रदान गरीसकेको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved