एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई इलेक्ट्रोनिक सामान खरिदमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 04:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया  बैंक NIC Asia Bank Limited का क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामान खरिदमा छुट पाउने भएका छन् ।

बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्तारूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ । 

बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ । 

यस योजनामार्फत ग्राहकले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्ने बैंकएल जनाएको छ। जसअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरु खरिद गर्न सक्नेछन् । 

ग्राहकले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम ३० हजारदेखि अधिकतम ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।  बैंकका अनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नेछन् । 

ग्राहकले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी फाइदा उठाउन सक्ने बैंकले जनाएको छ। यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलिभरी अर्डर दिने जनाएको छ । 

उक्त अर्डर प्राप्त गरेपछि मर्चेन्टले क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्ने र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved