कामना सेवा विकास बैंकका ग्राहकले उपाय सर्भिसेसको सेवामा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 05:43:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकले उपाय सर्भिसेस मार्फत प्रवाह गरिने सेवामा  छुट पाउने भएका छन् । कामना सेवा बैंकले उपाय सर्भिसेज लिमिटेडसँग सम्झौता गरेको हो । 

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन् । 

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । 

यसअन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, मालपोत/नापी कार्यालयबाट प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ । 

यसका साथै उपाय सर्भिसेजले बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु समेत दिने छ । सहमतिअनुरूप बैंकबाट कर्जा सम्बन्धी सेवा लिने ग्राहकहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेज मार्फत विशेष छुट सहित सहज र छरितो रुपमा सेवा लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved