ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब माथि , लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 02:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा   ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २ अर्ब ७६ करोड नाफा कमाएको बैंकको नाफा बैंकको नाफा गत आर्थिक वर्षमा ११.८१ प्रतिशतले बढेको हो । 

जनता बैंकको ४५ करोड १३ लाख नाफा समेत जोड्दा बैंकको नाफा ३ अर्ब ५३ करोड पुग्छ। मर्जर अगाडी जनता बैंकको  ४५ करोड १३ लाख नाफा थियो ।

यस अवधिमा  बैंकको  वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ छ। यस आधारमा बैंकले ९ प्रतिशत हाराहारी लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ।  तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ । 

 यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १९ करोडरहेको छ । यो गत वर्षको भन्दा २ अर्ब ९५ करोड  बढी हो। बैंकको सञ्चालन नाफा भने ४ अर्ब ४० करोड छ। त्यस्तै बैंकको खराब कर्जा भने ०.५५ प्रतिशतबाट बढेर १.८० प्रतिशत पुगेको छ ।

यस अवधिमा  बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब ३८ करोड कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी   १८ अर्ब ९७ करोड रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४१ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५२.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६९ गुणा, बेस रेट ८.४२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved