इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच भुक्तानी सम्बन्धी सम्भौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इजि ट्याक्सी र माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  बीच बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशकसन्जित पौडेलले हस्ताक्षर गरका हुन् । 

सम्झौता अनुसार इजि ट्याक्सी अन्र्तगत संचालनमा रहेका करिब ५ हजारट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम बैंकको क्विआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । 

सम्झौता पछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक पौडेलले भने ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्विआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ  । 

इजि ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved