बैंकका कर्मचारीलाई प्राविधिक तालिमको आवश्यक: डेपुटी गर्भनर सिवाकोटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 07:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी सिवाकोटीले महामारीको विषम परिस्थितिमा प्रबिधिको प्रयोगबाट बैंक संचालन गराउनुपर्ने बताएका छन् । जसकालागि बैंकका कर्मचारीलाई  प्रबिधि सम्बन्धि आवश्यक तालिम दिनुपर्ने धारण व्यक्त गरेका छन् । 

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिफिन)को तेस्रो बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्याक्रममा बोल्दै सिवाकोटीले यस्तो बताएका हुन् । त्यस्तै उनले बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा समावेशीकरण, भुक्तानी प्रणालीको सुदृढीकरण, बैंक तथा वित्तीय संस्थाको एक आपसमा एकिकरण गर्नुपर्ने धरण राखेका छन् । 

कार्यक्रममा सिवाकोटीले ‘जर्नल अफ बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स’ विमोचन समेत गरेका थिए ।  बिफिनले २०७७ श्रावण ३० गते आफ्नो स्थापनाको दोस्रो बर्ष पार गरी तेस्रो बर्षमा प्रबेश गरेकोे छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved