राष्ट्र बैंकद्वारा पुनरकर्जा प्राप्तका लागि आवेदन आह्वान, के-के मा गर्न पाइन्छ लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 10:27:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा पुनरकर्जा प्रदान गर्ने प्रयोजनको लागि आवेदन आह्वान गरेको छ । बैंकले  इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमूष्ट रुपमा प्रदान हुने पुनरकर्जाको आवेदन आह्वान गरेको हो । 

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो । भदौँ १ गतेदेखि असोज १६ गतेसम्मको अबधिभित्र आवेदन दिन समय तोकिएको छ ।

बैंक तथा बित्तिय संस्थाले आवेदन दिंदा   नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश गर्नु पर्ने छ । 

आवेदन दिंदा संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ। त्यस्तै आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ भने एक भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक÷ वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।

 पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने छ । साथै आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने छ । आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात  राष्ट्र बैंकले तोकेको अनुसार हुनु पर्ने छ ।  

यसरी लिएको रकम बैंक तथा वित्तीय संस्थाले निम्न क्षेत्रमा लगानी गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved