एनआईसी एशिया बैंकको कुशे औंसी अफर: बुबालाई उपहार किन्दा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 01:15:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । कुशे औंसीको अवसरमा बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको बैंकले जनाएको छ । 

बैंकले ग्राहकलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जानकारी दिएको छ । ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी एनआईसीको मोबाइल बैंकिङ्ग र डेबिट तथा क्रेडिटबाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट पाउने जनाइएको छ । हरेक वर्ष कुशे औशीको दिन आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मन पर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ ।  

बैंकको मुलुकभर ३२६ शाखा, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत्  सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved