ग्लोबलका सिईओ बज्राचार्यद्वारा पदभार ग्रहण, बैंकलाई थप मजबुत बनाउने प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 02:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान एक बज्राचार्यले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए ।

“उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले भने । 

कार्यक्रममा बोल्दै सिईओ बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए । 

“मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।” उनले भने ।

बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सिईओको रुपमा नेतृत्व गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सिईओको रुपमा नेतृत्व गरिसकेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved