ग्लोबल आइएमई बैंकको ४१औँ एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 02:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले लमजुङ्गको बेसीशहरस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बेसीशहरस्थित मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त काउण्टर बैंकको ४१औँ एक्सटेन्सन काउण्टर हो । काउन्टरको उद्घाटन कोष तथा लेखा नियन्त्रक कार्यालया लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरेका हुन् । 

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved