तीजको अवसार पारेर सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 06:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ‘सनराइज नारी बचत खाता’ सुरुवात गरेको छ । बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘सनराइज नारी बचत खाता’ सञ्चालनमा ल्याएको हो । 

तीजको अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको दावी रहेकोे छ । शुन्य मौज्दातमा खोल्न सकिने उक्त खाता खोल्दा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट लगायतका सुविधा रहेको बैंकले जनाएको छ । त्यस्तै केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ ।

यसका साथै महिलाहरुले  डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे जनाइएको छ ।

बैंकका अनुसार विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता अनलाइनबाट खोल्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved