राष्ट्र बैंकले भन्यो 'एटिएमको ढोका खुलै राखेर पैसा झिक्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 08:15:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एटिएम मेसिन प्रयोग गर्दा  एटिएम कक्षको ढोका खुला राख्न अनुरोध गरेको छ । बैंकले एटिएम प्रयोग गर्दा ढोका खुल नै राखेर तथा पिन नम्बर अरुले नदेख्ने गरी आफ्नो शरीरले छेकेर अरुले नदेख्ने गरि थिच्न समेत आग्रह गरेको छ 

एटिएममा धेरै मानिसहरुको आउँजाउँ हुने र हरेक पटक हरेक जनाले ढोका खोल्ने बन्द गर्ने गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकोले यस्तो ब्यबस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै बैंकले एटिएमको प्रयोग गर्दा एटिएम स्थलमा राखिएका टिस्यु पेपर र स्यानीटाईजरको अनिवार्य प्रयोग गर्न समेत भनेको छ । राष्ट्र बैंकले कोरोना भाइरस संक्रमणबाट बच्नको लागि यी ब्यबस्था गर्न बैंक तथा वित्तीय संस्थाहरु र ग्राहकहरुलाई अनुरोध गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved