एटिएममा लगानी ४ अर्ब, आम्दानी शुन्य: सेवा बन्द हुनसक्ने चेतावनी

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Aug 27, 2020 | 11:34:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले बैंकहरुले असन्तुष्टि जनाएका छन्। यस निर्देशनले भोलिका दिनमा ग्राहकले एटिएम सेवा नै नपाउने अवस्था आउँन सक्ने बैंकरहरुले चेतावनी दिएका छन्। 

अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले करोडौं घाटा लागेकाले बैंकहरुले सेवाका नाममा घाटाको ब्यापार गर्न नसक्ने बैंकरहरुको भनाई छ। 

एउटा एटिएम मेसिन संचालनमा मासिक न्युनतम ७० हजार लाग्ने भएकाले यो निर्देशनले भविष्यमा एटिएम सुविधा बन्द नै हुने अवस्था आउँने उनीहरुको भनाई छ। 

इन्टरनेट, मासिक मर्मत खर्च, घर भाडा, मेसिनमा पैसा राख्दा त्यसबाट गुमाउनुपर्ने ब्याज, सुरक्षाकर्मीको तलब सुविधा, बिजुली बत्ति लगायतका खर्च जोड्दा एउटा मेसिन संचालनमा बार्षिक १० लाख खर्च हुने बैंकरहरुको भनाई छ। 

अन्तर बैंकिङ्ग एटिएम प्रयोगबाट उठ्ने शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुलाई खर्च व्यवस्थापनमा अप्ठ्यारो परेको बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बिजपाटीलाई बताए। 

गरीमाले  हाल ५३ वटा एटीएम मेसिनबाट ग्राहकलाई सेवा दिइरहेको छ। एटिएम संचालनमा मासिक औषत ३५ लाख लाग्ने गरेको सीईओ ढकाल बताउँछन। गरीमाले एटीएम सञ्चालनका लागि मात्र बर्षमा ४ करोड २० लाख खर्च गर्ने गरेको छ। 

लगानी ४ अर्ब, आम्दानी शुन्य 

नेपाल भर २०७७ असार मसान्तसम्म ४ हजार १०६ एटिए मेसिन संचालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। एउटा मेसिन संचालनमा १० को दरले बार्षिक ४ अर्ब १० करोड लाग्ने देखिन्छ। 

बिगतमा अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन पाइने हुँदा लागतमा केहि राहत भएको तर अहिले त्यो पनि नभएकोले बैंकहरुको असन्तुष्टि बढेको हो। 

यसअघि अन्तर बैंकिङ्ग एटीएम प्रयोगबापत मासिक २० हजार आम्दानी हुने गरेको थियो। यो सेवा बापत प्रत्येक कारोबारमा १५ रुपैयाँ आम्दानी हुन्थ्यो। जसबाट जुन बैंकको एटीएम कार्ड हो उसले ५ देखि ७ रुपैयाँ पाउँथ्यो। 

काठमाडौंको ठमेल, पोखराको लेकसाईड जस्ता ठाउँमा भने विदेशि पर्यटकले सम्बन्धित देशको बैंकले उपलब्ध गराएको कार्ड प्रयोग गर्दा त्यसबाट केहि आम्दानी हुने भएपनि समग्रहमा आय न्युन नै रहेको बैंकरहरुको भनाई छ। एटिएम सेवाबाट हिजो लिंदै आएको शुल्कले ३ महिनाको खर्च धानेपनि बानकी ९ महिनाको खर्च लगानी नै भएको उनीहरुको भनाई छ। 

शुल्क लिन नपाउने व्यवस्थाले खर्च गरेर एटिएम सेवा दिन उत्साहित नहुने हुँदा भोलिका दिनमा एटीएम मेसिनलाई बैंकहरुले प्राथमिकतामा नराख्ने अवस्था आउँन सक्ने बैंकरहरुको भनाई छ। 

'जुनैपनि बैंकबाट शुल्कबिना प्रयोग हुने भएपछि सो बैंकले एटीएम मेसिनमा खर्च गर्नुको औचित्य नै देख्दैन र विस्तारै एटीएम मेसिन संख्या घटाउदै जान्छ,’ ढकालले भने, ‘शुल्क लाग्ने नियम हुँदा आफ्ना ग्राहकको सुविधाकालागि भएपनि एटीएम मेसिन घाटामै भएपनि सञ्चालन गर्नुपर्थ्यो  तर आफ्ना ग्राहकले अन्य बैंकको एटीएम मेसिनमा निशुल्क रुपमा प्रयोग गर्न पाउने भएपछि  ठुलो खर्च गरेर एटीएम सञ्चालन गरिरहनु नपर्नेतर्फ बैकहरु पुग्न सक्छन।' नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने व्यवस्था गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved