पर्वतको कुश्मामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 01:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेड Global IME Bank Limited  ले पर्वतको कुश्मामा ४२ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रक कार्याल पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा कार्यालय, २३४ एटिएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved