एटिएमबाट निकाल्न पाइने रकमको मासिक सीमा तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 08:46:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो पटक एटिएमबाट निकाल्न पाइने रकमको मासिक सीमा तोकेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकिकित निर्देशिका जारी गर्दै पहिलो पटक एटिएमको हकमा मासिक सीमा तोकेको हो ।

जस अनुसार अब ग्राहकले एटीएम कार्डबाट मासिक ४ लाख रुपैयाँ भन्दा बढी रकम निकाल्न पाउने छैनन् । यसअघि एटीएमबाट हुने प्रतिपटक र दैनिक कारोबारका लागि मात्र सीमा तोकिएको थियो। 

 

यो पनि:  एटिएममा लगानी ४ अर्ब, आम्दानी शुन्य: सेवा बन्द हुनसक्ने चेतावनी

त्यस्तै बैंक वित्तीय सँस्थाले अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाउने भएका छन्।  निर्देशनमा भनिएको छ ''एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन' । 






: राष्ट्र बैंकका प्रवक्ता भट्टको अन्तर्वार्ता



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved