गभर्नरको प्रशंसनीय काम, एकिकृत निर्देशिकाका लागि सीईओहरुसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 07:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएको छ । राष्ट्र बैंकले मंगलबार बिहान ११ बजे बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीइओहरु छलफल गर्न लागेको हो 

 राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७७-०७८ जारि गर्न लागेकोले निर्देशिका जारि गर्नु अगाडी सीइओहरुसँग छलफल गर्न लागेको हो। मौद्रिक नीतिमा भएका ब्यबस्था कार्यन्वयनका विषयमा र अब जारि हुने निर्देशनका विषयमा छलफल केन्द्रित हुने बताईएको छ । 

यस अघि राष्ट्र बैंकले साउनदेखि कोरोनाको अवस्थामा सुधार आउने र अर्थतन्त्र पनि सोहि अनुसार चलायमान हुने अपेक्षामा मौद्रिक नीति र त्यसलाई कार्यन्वयनको लागि निर्देशिका ल्याएको थियो  । तर अब अर्थतन्त्र अझै चलायमान हुन नसकेकोले केहि निर्देशिकालाई संसोधन गर्नु पर्ने देखिएको, यस अघि ब्यबस्था गरिएका ब्याज पुँजीकरणका विषय, कर्जा पुनार्तिलिकरणका लगायतका विषयलाई थप सम्बोधन गर्नु पर्ने देखिएकोले रश्र्ता बैंकले सीईओहरुसँग छलफल गर्न लागेको एक बैंकरले बताए  । 

त्यस्तै यस अघि राष्ट्र बैंकले कोरोनाले पारेको प्रभाव अनुसार विभिन्न क्षेत्रलाई अति प्रभावित, प्रभावित र कम प्रभावित गरी बर्गिकरण गरेकोले अब कम प्रभावित क्षेत्र पनि धेरै प्रभावित भएकोले त्यसलाई पनि परिमार्जन गर्नु पर्ने देखिएको बैंकर बताउछन् । 

राष्ट्र बैंकले यस अघि एकिकृत निर्देशन जारि गर्दा बैंक तथा वित्तीय संस्थाका संघको मात्र धारणा लिने गरेकोमा गर्भनरले पहिलो पटक सबै सीइओहरुसँग छलफल गर्न लागेका हुन् । गभर्नरको यो कदमलाई बैंकरहरुले प्रशंसनीय र सकारात्मक कदमको रुपमा लिएका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved