राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 01:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकल Rastriya Banijya Bank  ले सिन्धुलीको कमलामाई नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र नगरपालिकाबीच कर्जा सम्बन्धमा आईतबार भएको सम्झौता संगै उद्यमीहरुले सहुलियतपूर्ण कर्जा पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौतामा नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने उल्लेख भएको छ ।

कार्याक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताए । त्यस्तै, नगर प्रमुख खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसंग सम्बन्धित लक्ष्य प्राप्त गर्नकोलागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved