सिटिजन्स बैंकबाट चेक बिना रकम झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 03:48:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले स्क्यान एण्ड विथड्र सेवा सुचारु गरेको छ । महामारीको समयलाई मध्यनजर गर्दै बैंकले बिना चेक रकम झिक्न सकिने स्क्यान एण्ड विथड्र सेवा सुचारु गरेको हो ।

उक्त सेवाबाट चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । बैंकले हाललाई उक्त सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको जनाएको छ । निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ उक्त सेवा ल्याएको बैंकले जनाएको छ ।

बैंकले ११० वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved