एनआईसी एशिया बैंकले किया ब्राण्डका सवारी खरिदमा कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 03:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले किया ब्राण्डका प्रयोगकर्तालाई सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंक र ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेज बीच बैंकलाई फाइनान्सियल बनाउने समझदारी भएसंगै उपभोक्ताले यस्ताो कर्जा पाउने भएका हुन् । 

समझदारीमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले बैंकलाई फाइनान्सियल पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीमा उल्लेख छ । 

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरु रहेको कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्ने बैंकले जनाएको छ । ईन्टरप्राईजेजले बिक्री गर्ने किया ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक जनाइएको छ । उक्त सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहाने ग्राहकले लिन सक्ने जनाइएको छ । 

बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकका अनुसार सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने छ । त्यस्तै बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने सम्झौतामा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्ने जाइएको छ  । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकले ३२६ शाखा, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved