व्यक्तिगत कर्जाको ब्याज नबढाउन निर्देशन, बैंकले लिने दर सार्वजनिक गर्न समय तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 07:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो।

केन्द्रिय बैंकले आज एक परिपत्र जारी गर्दै बैंक वित्तीय संस्थालाई असोज मसान्तभित्र नै  स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नलाई निर्देशन दिएको छ। 

 ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ’ परिपत्रमा उल्लेख छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ । सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको  समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ । 

बैंक वित्तीय संस्थाले एउटा दरमा कर्जा दिने र छिट्टै त्यसको ब्याजदर परिवर्तन गर्ने गरेकाले एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो। यो व्यवस्थाले अहिले ब्याजदर घटेको बेला कर्जा लिने ग्राहकलाई राम्रो हुने विश्लेषण गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved