माछापुच्छ्रे बैंक बन्यो गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 03:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेप्से मार्फत जनाईएको छ। 

बैंकले प्रस्ताव गरेको लाभांशमा ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद लाभांश रहेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। यससंगै माछापुच्छ्रे बैंक गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गर्ने पहिलो बाणिज्य बैंक बनेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैया ९६ पैसा कायम गरेको थियो। चुक्ता पूँजी ८ अर्व ४५ करोड ८४ लाख रहेको बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैया संचित छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ। 

बैंकले आफ्ना देशभरका १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved