एनआईसी एशिया बैंकमा खल्ती वालेटमार्फत कर्जा आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 04:19:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  मा खल्ती डिजिटल वालेटमार्फत कर्जा  आवेदन दिन सकिने भएको छ । बैंकले खल्तीबाटै सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको हो ।

बैंकका अनुसार योजना अन्तर्गत घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाको आवेदन उक्त वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरेको छ । यस्तै बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरीरहेको ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गराएमा ५० रुपैयाँ नगद प्राप्त हुने जनाइएको छ । असोज १४ गतेभित्र लिंक गराउने ग्राहकले ५० रुपैयाँ पाउँने जनाइएको छ । 

बैंकका अनुसार खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ । बैंकले सेवागत क्षेत्रमा समेत ग्राहकलाई सहजता पुर्याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको जनाइएको छ । 

प्रयोगकर्ताहरूले वालेटभित्र रहेका बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाइएको छ । यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइटमा गई लोन स्ट्याटस आफै सकिने जनाइएको छ । 

बैंकले ३२६ शाखा, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved