एनएमबि बैंक NMB Bank Limited ले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक भिजा कर्पोरेट क्रेडिट कार्ड जारी गरेको छ । बैंकले व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा भिजा कर्पोरेट क्रेडिट कार्ड जारी गरेको हो ।
उक्त कार्ड मुख्यतया व्यवसायसंग सम्बन्धित खर्चहरु ब्यवस्थापन गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसाय संग सम्बन्धित अन्य खर्चहरुको ब्यवस्थापन गर्न सो कार्डको प्रयोग गर्न सकिन्छ ।
एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण हुनेछ ।