सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अनलाईनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 01:08:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि सर्वप्रथम बैंकको वेवसाइटमा जानुपर्छ । त्यस पछी ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी आवेदन दिन सकिने बैंकका प्रमुख निक्षेप ब्यवस्थापन हेमराज संज्यालले बजाए । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोनमा उपलब्ध हुनेछ । 

यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको प्रमुख संज्यालले जनाएका छन् । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।  बैंकले हाल ८२ शाखा, १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved