सिद्धार्थ बैंकले असोज १६ देखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 10:52:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले असोज १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।  कम्पनीले  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो । 

 जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई निष्काशन हुनेछ भने १८ लाख कित्ता 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत तबरमा बिक्रि हुने छ । सर्बसाधारणलाई  छुट्याईएको १२ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । लगानीकर्ताले छिटोमा असोज २० गतेसम्म र सो अवधिसम्म पुरा आवेदन नपरेको खण्डमा असोज ३० गतेसम्म वेदन दिन सक्ने छन् । 

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved