एनआईसी एशियाका ग्राहकलाई ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 02:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  का ऋणीहरुले भाखा नाघेका कर्जाहरुको साँवा तथा ब्याज तिर्दा ब्याज रकम छुट पाउने भएका छन् । सोही अन्तर्गत साउन मसान्तसम्म ३ महिना व सो भन्दा बढी भाखा नाघेका सम्पूर्ण रकम असोज मसान्तसम्म तिर्दा ब्याज रकम छुट दिने बैंकले जनाएको छ । 

यसरी रकम तिरेर ब्याज छुट पाउने समय मात्र २३ दिन बाँकी रहेको भन्दै बैंकले समय अवधीमा नै साँवा र ब्याज तिरि लाभ लिन ऋणीहरुलाई अनुरोध गरेको छ । यसरी असोज मसान्तभित्र नै रकम तिर्ने ऋणीको हकमा ८.९९ प्रतिशत मात्र ब्याज लगाउने बैंकले जनाएको छ । बैंकले साविकको ब्याजदरलाई घटाई कार्तिक  १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।  

बैंकले हाल ३२६ शाखा, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन र काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved