सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ्ग सञ्चालनमा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 04:47:42 PM मा प्रकाशित

nj

सनराइज बैंक Sunrise Bank Limited   ले शुक्रबार थप शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा आफ्नो ५०औं शाखारहित बैंकिङ्ग सञ्चालन गरेको छ ।

सो शाखाको उद्घाटन गाउँपालिका २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा भएको हो । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ । 

बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved