ग्लोबलले ल्यायो बचतमा ९ प्रतिशत ब्याज दिने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 07:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले ९ प्रतिशतसम्म ब्याज प्रदान गर्ने गरी ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

यो योजनाले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ । 

एक लाख रुपैयाँ भन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । बैंकका अनुसार यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खाता खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । 

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दति खाताखोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने जनाएको छ । 

योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउने छन् । त्यस्तै, निश्चित रकम सहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने पनि बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved