नबिलमा ७.७५ प्रतिशत मै शेयर कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 07:42:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा प्रदान गर्ने भएको छ  । बैंकले ५० लाख अथवा सोभन्दा बढीको कर्जा प्रदान गर्ने जनाएको हो । 

यस अनुसार बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी वार्षिक ७.७५ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने छ  । नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरुबाट सेवा दिदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved