राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 06:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठ र महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका छन् । 

सम्झौता अन्तर्गत महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । यसरी महासंघको सिफसमा परेका उद्यमीले बैंकबाट सहुलियपूर्ण कर्जा पाउने छन् ।

सम्झौता पश्चात सीईओ श्रेष्ठले देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । उनले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने समेत जानकारी गराए । 

त्यस्तै, महासंघका कार्यवाहक अध्यक्ष सिंहले बैंकसंगको सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताए । उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुंदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने उल्लेख गरे । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत देवेन्द्ररमाण खनाल, विभागीय प्रमुखहरु, महासंघका महासचिव डम्बरप्रसाद रेग्मी लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved