Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

एनआईसी एशियाका ग्राहकलाई ब्याज छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 01, 2020 | 01:49:15 PM मा प्रकाशित

nj

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाको ब्याजदर घटाएको छ । उक्त भाखा नाघेका कर्जाहरुको भुक्तनी असोेज मसान्तभिक्र चुक्ता गर्ने ग्राहकलाई ब्याज छुट दिने बैंकले जनाएको हो । 

असोज मसान्तभित्र नै सबै तिर्नुपर्ने रकम चुक्ता गर्ने ग्राहकलाई ब्याजदर घटाएर ८.९९ प्रतिशत कायम गर्ने बैंकले जनाएको छ । यसरी ब्याजदर घटाउने मौका अर्थात असोज मसान्त आउन १६ दिन भएकाले छिटो भन्दा छिटो रकम चुक्ता गरी लाभ लिन बैंकले ग्राहकलाई आग्रह गरेको छ । 

असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना बैंकले ल्याएको  छ । 

बैंकले ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सोवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved