नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 12:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited को अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

यस अघिका अध्यक्ष सम्भु प्रसाद पौड्यालको कार्यालय सकिएपछि उनको स्थानमा उपेन्द्र पौड्याल नियुक्त भएका हुन्। नव नियुक्त अध्यक्ष पौड्याल २०७४ मंसिर १५ गतेदेखि पौड्याल सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।

उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत हुन् । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका पौड्यालसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव छ ।  उनी सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए। 

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved