लयमा फर्कदै बैंक, व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 01:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको लकडाउन खुकुलो भएसँगै बैंकिङ गतिविधि बढेको छ। त्यसमा पनि चाडपर्व नजिकिदै गर्दा बैंकहरुमा निक्षेपसँगै कर्जाको माग समेत बढेको छ। 

पछिल्लो एक सातामा मात्रै बैंकहरुको निक्षेप २७ अर्बले बढेको छ भने कर्जा तथा लगानी १७ अर्बले विस्तार भएको छ। त्यस्तै तिन महिनामा बाणिज्य बैंकहरुको निक्षेप ६८ अर्बले वृद्धि हुँदा कर्जा तथा लगानी ३९ अर्बले बढेको छ। 

पछिल्लो एक सातामा राष्ट्रिय बाणिज्य बैंकको निक्षेप सबैभन्दा बढी ११ अर्ब ११ करोडले बढेको छ भने सबै भन्दा कम हिमालयन बैंकको ६ अर्ब ६६५ करोडले निक्षेप घटेको छ। त्यस्तै एनआईसीले सबै भन्दा बढी २ अर्ब ९८ करोडले कर्जा तथा लगानी विस्तार गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा बिस्तार १ अर्बले खुम्चिएको छ।  

त्यस्तै त्रैमासिक तथ्यांकलाई आधार मान्दा एनआईसी एसिया निक्षेप संकलन तथा कर्जा बिस्तारमा बाणिज्य बैंकहरुमै अगाडी देखिएको छ। बैंकले सबै भन्दा बढी २२ अर्बले निक्षेप बढाएको छ भने कर्जा तथा लगानी पनि २४ अर्ब ३५ करोडले बिस्तार गरेको छ। यस अवधिमा एनआईसी एसियाको कर्जा निक्षेप अनुपात ७७ प्रतिशत रहेको छ। 

त्यस्तै सबै भन्दा कम निक्षेप संकलन गर्नेमा स्ट्यान्डर्ड चार्टड बैंक छ भने कम कर्जा बिस्तार गर्नेमा कुमारी बैंक अगाडी छ। स्ट्यान्डर्ड चार्टडको निक्षेप १४ अर्ब ८३ करोडले घटेको छ भने कुमारी बैंकको कर्जा तथा लगानी बिस्तार ८ अर्ब ६७ करोडले खुम्चिएको छ। 

बैंकहरुमाथि वित्तीय अपराधको आरोप, एनआईसी एशिया सबैभन्दा अगाडी

निक्षेप संकलनको प्रतिस्पर्धामा एनआईसी एसिया बैंकलाई नेपाल इन्भेस्टमेन्ट, सेन्चुरी, सिभिल, एभरेष्ट र ग्लोबलले पछ्याएका छन्। कर्जा तथा लगानी खुम्चिएको  कुमारी बैंकलाई नेपाल एसबीआई, हिमालय, बैंक अफ काठमान्डू, नेपाल बंगलादेश बैंकले पछ्याएका छन्। 

कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्। भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved