सानिमा बैंकका ग्राहकले सस्तो डिलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 12:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सानीमा बैंक Sanima Bank Limited  का ग्राहकले दशैंमा अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । चाड पर्वको अवसरमा बैंकले सस्तो डिलसंगको सहकार्यमा सार्वजनिक गरेको “बिग डिल एट सस्तो डिल’ योजना अन्तर्गत ग्राहकले छुट पाउने भएका हुन् ।

योजना अनुसार सस्तो डिलबाट खरिद गरिएको सामानको भुक्तानी सानिमा सजिलो ई–बैंकिङ्गप्र योगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकले जनाएको छ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फास्र्ट कम फास्र्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । योजना असोज २७ देखि कार्तिक १ गतेसम्म लागु हुने छ । 

बैंकको सातै प्रदेशबाट ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved