सनराइज बैंकले ल्यायो मिस्ड कलबाटै बत्तिको पैसा तिर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 06:56:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नेपालमै पहिलो पटक मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवा अनुसार सनराइजमा खाता हुने ग्राहकले ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने बैंकले जनाएको छ  ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने छ ।

हाल ग्राहकहरुले एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सकिने बैंकले जनाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved