सानिमा बैंक Sanima Bank Limited ले नयाँ विस्तारित काउन्टर स्थापना गरेको छ । बैंकले सप्तरीको बोदेबसाइनमा नयाँ विस्तारित काउन्टर स्थापना गरेको हो ।
सो काउन्टरको उद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह समेत गरे ।
बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।