बार्षिकोत्सवको अवसरमा नेपाल बैंकले विभिन्न सेवाहरु निशुल्क दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 05:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा विभिन्न सेवाहरु निशुल्क गर्ने भएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सीआस्वा र डेबिड कार्ड निःशुल्क प्रदान गर्ने भएको हो । 

यस्तै ८४ औं वार्षिकोत्सवको अवसरमा ग्राहकमा अझ बढी अत्याधुनिक बैंकिग सेवा, सुविधाहरु प्रदानगर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

नेपाल बैंक नेपालको पहिलो बैंक हो । विक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना यस बैंकको हाल देशको ६४ जिल्लामा १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved