मेगा बैंकबाट दशैँको दक्षिणा पठाउँदा ३ सय क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 02:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited ले मोबाईल बैंकिङ्गबाट दक्षिणा दिँदा क्यास ब्याक योजना ल्याएको छ । बैंकल मोबाईल बैंकिङ्गबाट दक्षिणा दिदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने  ‘तीनमा तीन सय’ योजना ल्याएको हो । 

जस अनुसार बैंकको एपमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा रकम पठाउँदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ अफर ल्याएको जनाएको छ । 

तर, रकम पठाउँदा विवरण अर्थात् रिमार्कसमा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने उक्त अफरमा ग्राहकहरुले तीन वटा खातामा कुल न्यूनतम ५ सय रुपैंया दक्षिणा रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved