जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 07:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासनमा पनि सेवा विस्तार गरेको हो । सो काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको बैंकले दावी गरेको छ  । 

बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved