मेगाले सुरु गर्यो ‘टीक बैंकिङ’ सेवा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 12:12:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले ‘टीक बैंकिङ’ सेवा संचालक ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने बैंकले जनाएको छ । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा सहज र प्रभावकारी हुने बैंकको विश्वास छ । 

यो सेवा कसरी लिने ? 

बैंकका अनुसार यो सेवा लिन सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको बेबसाइट खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ । त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका बिभिन्न सेवा÷सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र बिभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताईन् । ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं ।’– सिइओ खुञ्जेलीले भनिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved