सिटिजन्स बैंकबाट दक्षिणा पठाउँदा २५ प्रतिशत क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 04:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंमा दक्षिणा पठाउँदा सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited  ले क्यास ब्याक दिने भएको छ । बैंकले ल्याएको ‘डिजिटल दक्षिणा दिउँ, क्यास व्याक लिउँ’ नामको योजना अन्तर्गत क्यास ब्याक दिने भएको हो । 

योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरि दक्षिणा पठाउँदा बैंकले २५ प्रतिशत क्यास ब्याक दिने जनाएको छ । जसका लगि तीन पटक गरि कम्तिमा ५ सय रुपैयाँ रकमान्तर गरेको र रिमार्कमा ‘दक्षिणा’ लेखेको हुनुपर्ने छ । 

दशैंको टिकाको दिन देखि द्वादशीसम्म लागु हुने यस योजनाले कोभिड नियन्त्रणको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाइएको छ । बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved