नबिललाई एशियाली विकास बैंकले दियो नेपालको अग्रणी पार्टनर बैंकको मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 07:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लिमिटेड Nabil Bank Limited  लाई २०२० का लागि एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।

टीएससीएफपी ले व्यापार बित्तको बजारलाई उत्थान तथा व्यापारलाई बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । 

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु  अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ । एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपी संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

३५ बर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved