कोरोनाले थलिएका क्षेत्रले पाउन थाले पुनर्कर्जा, ब्याज ३ देखि ५ प्रतिशत मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 08:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म परेका निवेदन मध्ये केहीलाई पुनर्कर्जा दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त निवेदनको आवश्यक विश्लेषण गरि केहिलाई पुनर्कर्जा दिईएको राष्ट्र बैंकले जनाएको छ। 

प्राप्त माग मध्ये ५ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा गइसकेको राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए। उनका अनुसार अहिले ५ अर्बसम्मको पुनर्कर्जा गएको र बाँकीलाई मङ्सिरदेखि दिईने छ। 

तोकिएको अवधिसम्म १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा माग भएको छ। पुनर्कर्जाका लागि परेका निबेदनहरुको आवश्यक विश्लेषण गरि मापदण्डमा अटाएकाहरुलाई मङ्सिरदेखि पुनर्कर्जा दिईने प्रवक्ता डा. भट्टले बताए। 

प्रवक्ता भट्टकाअनुसार ४२ अर्ब ५० करोडको पुनर्कर्जा कोष छ। आर्थिक पुनरुत्थान लक्षित गरेर ल्याइएको पुर्नकर्जाका लागि यो कोषलाई पाँच गुणासम्म बढाउने सकिने ब्यबस्था छ। अर्थात राष्ट्र बैंकले २ खर्ब १२ अर्ब रुपैयाँसम्मको पुनर्कर्जा दिन सक्नेछ।

राष्ट्र बैंकले कोभिड–१९ को प्रभावले समग्र अर्थव्यवस्था सिथिल भएपछि मौद्रिक नीतिमा पुर्नकर्जाको बिद्यमान व्यवस्थामा परिमार्जन गरेको थियो। राष्ट्र बैंकले एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि प्रथम पटक २०७७ भदौ १ गते आवेदन दिन बैंक वित्तीय सँस्थाहरुलाई आह्वान गरेको थियो। 

राष्ट्र बैंकको निर्देशनअनुसार नै बैंक वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई पुनर्कर्जाको लागि आवेदन दिन सुचना जारी गरेका थिए। ग्राहकहरुले पुनर्कर्जाको दिएको आवेदन बैंकहरुले गत असोज ३० गतेभित्र राष्ट्र बैंकमा पेश गरेका थिए। 

राष्ट्र बैंकले आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत जारी गरेको पुनर्कर्जा कार्यविधि २०७७ मा बैंक तथा वित्तीय संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुने व्यवस्था छ।  पुर्नकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने ऋणी समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

पुर्नकर्जा कार्यविधि २०७७  बमोजिम पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा , विशेष पुनर्कर्जा , साधारण पुनर्कर्जा गरि ३ भागमा बर्गिकरण गरिएको छ। पुर्नकर्जाको अवधि कोभिड–१९ बाट अति प्रभावित भनी तोकेका क्षेत्रका लागि अवधि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावितका लागि ६ महिना हुनेछ। 

यो पनि: हायर पर्चेज कर्जाले थलिए बैंक र व्यवसायी, गाँठो फुकाउने प्रयासमा बैंकर्स

पुनर्कजाको ब्याजदर ३ देखि ५ प्रतिशत कायम गरिएको छ। लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जालाई राष्ट्र बैंकले ३ प्रतिशत ब्याज लिनेछ भने बैंकले ग्राहकबाट ५ प्रतिशत लिन पाउनेछन्। त्यस्तै राष्ट्र बैंकले विशेष पुनर्कर्जामा १ र साधारण पुनर्कर्जामा ३ प्रतिशत ब्याज लिनेछ भने क्रमश बैंकले ३ र ५ प्रतिशत ब्याज लिन पाउनेछन्। 

पुनरकर्जा सुविधा पाउने ग्राहकको नयाँ पुनर्कर्जा खाता खोली उक्त खाताको ब्याजदर पुनर्कर्जा कार्यविधि बमोजिम कायम गरिने छ। यस्तो कर्जा ग्राहकले तोकिएको अवधि ६ महिना वा बर्षदिन प्रयोग गर्न पाउनेछ। पुनर्कर्जाको अवधि समाप्त भएपश्चात उक्त खाता बन्द भई ग्राहकको पुरानै खाता पूर्ण संचालनमा आउनेछ भने  त्यसपछि बैंकको नियमअनुसारको ब्याजदर लागु हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved