सिद्धार्थ बैंकले उद्यमीलाई ४० लाखसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 06:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जर्मन सरकारको सहयोगमा ग्रामिण र अर्धग्रामिण क्षेत्रमा दिगो आर्थिक विकास परियोजना (सेड्रा २ ) लागि सिद्धार्थ बैंक Siddhartha Bank Limited  , नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

परियोजना नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको  सहयोगमा कार्यन्वयन हुन लागेको हो। जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत वाणिज्य बैंकमध्येबाट सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट के. एफ. डब्लु डेभलपमेन्ट बैंकद्धारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ । 

परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले १० वर्ष अवधिको लागि लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाख देखि चालिस लाख सम्मको कर्जा प्रदान गर्ने छ । साथै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग  प्रदान गर्ने छ ।

यस योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ । विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बिचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरुको विकासमा थप टेवा पुग्ने विश्वास बैेंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved