एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेकोे हो ।
दीर्घकालिन रुपमा लगानी गरी उच्च प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताको लागि यो योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा रकम जम्मा गरेको ७ वर्ष ७ महिनामा अवधिमा डबल हुनेछ । संस्थागत निक्षेपकर्ताको हकमा भने जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।
उक्त योजनामा सहभागि न्यूनतम १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।
योजना अन्तर्गत मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको जनाइएको छ ।
बैंकले ३२७ शाखा, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।