माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले 'पर्यटक प्रतिक्षालय' निर्माण गरिदिएको छ । बैंकले लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को व्यवस्था गरेको हो ।
देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्ध सरोज भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवातथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट सेवा दिदै आइरहेको छ ।