सानिमा बैंकले ल्यायो डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट-पे’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 04:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न पहिलो पटक ‘कर्पोरेट–पे’ प्रणालीलीको शुरुवात गरेको छ । बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट-पे’ प्रणालीको सुरुवात गर्ने भएको हो ।

‘कर्पोरेट-पे’ नेपाल क्लियरिङ्ग हाउसद्धारा प्रवर्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट गर्न सकिने बैंकले जनाएको छ । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सकिन्छ ।

सो प्रणालीमा आवद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस प्रणालीमा मल्टी लयर अथेन्टीकेसनको सुरक्षा व्यवस्था पनि रहेको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने जनाइएको छ । 

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved