एनएमबि बैंकको नयाँ शाखा परासीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 12:23:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले  नवलपरासीको रामग्राम सुनवल परासी रोडमा मङ्गलबार देखि नयाँ शाखा संचालनमा ल्याएको छ ।  रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो ।

परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले उद्घाटन गरेका थिए ।

भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र  ब्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो बित्तिय सेवा प्रदान गरिने बताए। कोरोना माहामारीको अवस्थामा सामाजिक दुरी सहित सुरक्षाका उपाय अवलम्बन गर्दै लुम्बिनी प्रदेशको २९ औ‌ँ शाखाको रुपमा शुभारम्भ गरिएको बैङ्कका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।  

त्यस्तै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत रामग्राम परासीको पुरानो स्कुल आदर्श  माध्यमिक  बिधालयका करिव ७०० विद्यार्थीको लागि मास्क, सेनिटाइजर, ग्लोब्स हस्तान्तरण गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved