भन्सार कार्यलयमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टर निरन्तर सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 10:28:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भारत सिमाका भन्सार कार्यलयमा रहेका प्रभु बैंक Prabhu Bank Limited  का एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि निरन्तर सञ्चालन हुने भएका छछन् । बुधबार बैंक र भन्सार विभागबीच भएको सम्झौता अनुसार उक्त काउण्टरहरु निरन्तर सञ्चालन हुने भएको हो । 

सम्झौतामा भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौँका तर्फबाट महानिर्देशक सुमन दहाल र बैंकका तर्फबाट प्रमुखक ार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयमा रहेको काउण्टरहरु निरन्तर सञ्चालन हुनेछन् ।

जस अन्तर्गत भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजश्व भन्सार संकलनकालागि सञ्चालनमा रहेका एक्स्टेन्सन काउण्टरहरु निरन्तर सञ्चालन हुन पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved